Notification texts go here Contact Us Buy Now!

इजरायलको आक्रमणबाट थप २४१ जनाको मृत्यु

इजरायलको आक्रमणबाट थप २४१ जनाको मृत्यु, Israel news, Hamas news, Israel hamas war,news,newsupdate, Hamas Israeli wars,hamasnews,hamasnews, wars
Mahendra
इजरायलको आक्रमणबाट थप २४१ जनाको मृत्यु 

 इजरायलको आक्रमणबाट २४ घण्टाको अवधिमा २४१ जना प्यालेस्टिनीको मृत्यु भएको छ र ३८२ जना घाइते भएका छन् ।यसैगरी इजरायलतर्फ १६० जना सैनिकको ज्यान गएको छ ।
यसमा दुई तिहाइभन्दा बढी महिला र बालबालिकाहरु छन् । यो जानकारी गाजाको स्वास्थ्य मन्त्रालयले दिएको बीबीसीले जनाएको छ । मन्त्रालयका अनुसार मंगलबार गाजाको मध्य क्षेत्रमा इजरायलले बम वर्षाएको थियो ।

 
शरणार्थी क्याम्प पनि आक्रमणको निशानामा परेका थिए । इजरायलले गाजामा विशेष सैन्य अपरेसन चलाएको छ । उसले एक हप्ता यता खान युनिस क्षेत्रमा आक्रमण केन्द्रित गरेको छ । 

सोमबार इजरायली सुरक्षा बललले नुसिरत, मागजी, बुरेजी लषयतका क्षेत्रमा आक्रमण गरेका थिए । इजरायलका राष्ट्रपति बेन्जामिन नेतन्याहुले शान्तिका लागि हमासको अन्त्य जरुरी रहेको भन्दै आक्रमण जारी रहने बताएका छन् । 

उनले हमासबाट प्यालेस्टिनी आतंकवादीबाट मुक्त बनाउने दाबी गरेका छन् । तर संयुक्त राष्ट्र संघले भने इजरायलको आक्रमणबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ ।


 संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयका प्रवक्ता सेफ मागांगेका अनुसार इजरायलको आक्रमणबाट गाजा क्षेत्रमा सडकमा भारी क्षति पुगेकाले एम्बुलेन्स र राहत सामग्री पठाउन पनि गाह्रो भइरहेको छ ।


 हमासले गत ७ अक्टुबरमा इजरायलमा आक्रमण गरेपछि त्यसको जवाफ स्वरुप इजरायलले हमासको प्रभाव क्षेत्र मानिने गाजामा आक्रमण जारी राखेको छ । इजरायलको आक्रमणबाट २१ हजार जनाको मृत्यु भइसकेको र ५४ हजारभन्दा बढी घाइते भएको अलजजिराले जनाएको छ । 

إرسال تعليق

Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.
WhatsApp Welcome to WhatsApp chat
Howdy! How can we help you today?
Type here...