इजरायलको आक्रमणबाट थप २४१ जनाको मृत्यु
इजरायलको आक्रमणबाट २४ घण्टाको अवधिमा २४१ जना प्यालेस्टिनीको मृत्यु भएको छ र ३८२ जना घाइते भएका छन् ।यसैगरी इजरायलतर्फ १६० जना सैनिकको ज्यान गएको छ ।
यसमा दुई तिहाइभन्दा बढी महिला र बालबालिकाहरु छन् । यो जानकारी गाजाको स्वास्थ्य मन्त्रालयले दिएको बीबीसीले जनाएको छ ।
मन्त्रालयका अनुसार मंगलबार गाजाको मध्य क्षेत्रमा इजरायलले बम वर्षाएको थियो ।
शरणार्थी क्याम्प पनि आक्रमणको निशानामा परेका थिए । इजरायलले गाजामा विशेष सैन्य अपरेसन चलाएको छ । उसले एक हप्ता यता खान युनिस क्षेत्रमा आक्रमण केन्द्रित गरेको छ ।
सोमबार इजरायली सुरक्षा बललले नुसिरत, मागजी, बुरेजी लषयतका क्षेत्रमा आक्रमण गरेका थिए । इजरायलका राष्ट्रपति बेन्जामिन नेतन्याहुले शान्तिका लागि हमासको अन्त्य जरुरी रहेको भन्दै आक्रमण जारी रहने बताएका छन् ।
उनले हमासबाट प्यालेस्टिनी आतंकवादीबाट मुक्त बनाउने दाबी गरेका छन् । तर संयुक्त राष्ट्र संघले भने इजरायलको आक्रमणबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ ।
संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयका प्रवक्ता सेफ मागांगेका अनुसार इजरायलको आक्रमणबाट गाजा क्षेत्रमा सडकमा भारी क्षति पुगेकाले एम्बुलेन्स र राहत सामग्री पठाउन पनि गाह्रो भइरहेको छ ।
हमासले गत ७ अक्टुबरमा इजरायलमा आक्रमण गरेपछि त्यसको जवाफ स्वरुप इजरायलले हमासको प्रभाव क्षेत्र मानिने गाजामा आक्रमण जारी राखेको छ । इजरायलको आक्रमणबाट २१ हजार जनाको मृत्यु भइसकेको र ५४ हजारभन्दा बढी घाइते भएको अलजजिराले जनाएको छ ।

.jpeg)
.jpeg)
No comments: