Notification texts go here Contact Us Buy Now!

बच्चेदानीको गाँठो, PCOD, PCOS र ओभरी सिस्ट: कारण, लक्षण र प्राकृतिक उपाय ​

PCOD/PCOS को आयुर्वेदिक उपाय: Herbs, घरेलु विधि, डाइट, खाना खाने समय, Exercise र Yoga सहित हर्मोन सन्तुलन र सिस्ट सुधार।
Mahendra

आजकाल धेरै महिलामा बच्चादानी र ओभरीसँग सम्बन्धित समस्या देखिन थालेका छन्। १५–४० वर्षका किशोरीदेखि महिला, सबैमा नै PCOD, PCOS, ओभरी सिस्ट, बच्चादानीमा गाँठो, UTI जस्ता समस्या देखिन्छन्।
बच्चादानी र ओभरीको सामान्य के काम हो त?
सबैभन्दा पहिले बुझौं, बच्चेदानी र ओभरीले के काम गर्छन्।
​ओभरी (Ovary): हरेक महिनामा अण्डा उत्पादन गर्छ।
​बच्चेदानी (Uterus): महिनावारीको लागि तयार हुन्छ, र गर्भ बस्न सक्छ।
यी अंगहरू सहीसँग काम गर्न हर्मोन सन्तुलन जरुरी हुन्छ। यदि हर्मोन असन्तुलित भयो भने समस्याहरू सुरु हुन्छन्।
बच्चादानीमा गाँठो र ओभरी सिस्ट के हो?
बच्चादानी वा ओभरीभित्रको असामान्य मासु वा तरलको थैलीलाई हामी “गाँठो” वा “सिस्ट” भन्छौं।
​सिस्ट = ओभरीभित्र बनिने पानी वा मासु जस्तो थैली हो।
​गाँठो = बच्चेदानीभित्र असामान्य मासुको जमावट (फाइब्रॉइड वा पोलिप) हो।
यो सुरुमा साना हुन्छन्, तर समयमै ध्यान नदिए कडा र धेरै संख्यामा बन्न सक्छन्।
PCOD र PCOS के हो?
PCOD/PCOS भन्नाले ओभरीले अण्डा उत्पादन नर्गने र हर्मोन असन्तुलन हुने अवस्था हो।
लक्षणहरू:
​महिनावारी अनियमित हुनु।
​पेट, कम्मर वा जाँघमा बोसो बढ्नु।
​अनुहारमा दाना, रौं बढ्नु।
​गर्भ धारणमा समस्या हुनु।
यदि तपाईंमा यी लक्षण छन् भने सावधान हुनुहोस्।
यसको मुख्य कारण – हर्मोन को असन्तुलन हो।
मेरा अनुभव अनुसार, हर्मोन असन्तुलनको मुख्य कारणहरू:
बिहान चिया/कफीसँग बिस्कुट,
मैदा खाने बानी
फास्ट फुड
चिनीको अत्यधिक प्रयोग
ढिलो सुत्ने र ढिलो उठ्ने बानी
मानसिक तनाव र कम व्यायाम
शरीरमा टक्सिन र बोसोको जमावट
जब हर्मोन असन्तुलित हुन्छ, ओभरीभित्र सिस्ट बन्न थाल्छ तब बच्चादानी सुन्निन्छ र  महिनावारी अनियमित हुन्छ।
शरीरले देखाउने संकेत
यदि तपाईंले तलका कुरा अनुभव गर्नुभयो भने, साबधान भइ तुरुन्तै डाक्टरको सल्लाह लिनु आबस्यक हुन्छ।
१.महिनावारी २–३ महिना नआउनु
२.महिनामा दुईपटक आउनु
३.तल्लो पेट दुख्नु
४.पिसाब खुल्ला नआउनु
५.सेतो पानी धेरै आउनु
६.अनुहारमा दाना, रौं बढ्नु
७.गर्भधारणमा समस्या
PCOD र UTI बीचको सम्बन्ध
PCOD भएका महिलामा UTI प्रायः हुन्छ।
किनभने बच्चेदानी सुन्निन्छ, पिसाबमार्ग दबाबमा आउँछ, अनि टक्सिन शरीरमा जम्मा हुन्छ।जसले गर्दा जलन, पिसाब रोकिनु र दुखाइ बढाउँछ।
प्राकृतिक रूपमा के सुधार  सम्भव छ?
हो, प्राकृतिक रूपमा सुधार सम्भव छ। तर यसका लागि तीन कुरा जरूरी छन्:
१.सही डाइट
२.नियमित जीवनशैली
३.धैर्य र अनुशासन
यदी यो कुराहरुमा राम्रो सङ्ग ध्यान पुर्यायो भने सिस्ट कडा भए पनि बिस्तारै नरम हुन्छ र महिनावारीको माध्यमबाट शरीरबाट बाहिर निस्किन थाल्छ।
उद्देश्य:
​शरीरबाट टक्सिन निकाल्ने
​हर्मोन सन्तुलन मिलाउने
​ओभरी र बच्चेदानी स्वस्थ बनाउने
​सिस्ट नरम पारेर बाहिर जाने प्रक्रिया सुरु गर्ने
​PCOD र PCOS को आयुर्वेदिक उपचार: Herbs, डाइट, Exercise र Yoga
​आयुर्वेद अनुसार, PCOD/PCOS मुख्यतः वात, पित्त, कफ दोषको असन्तुलन र शरीरमा अमा (टक्सिन) जम्मा हुँदा हुन्छ।
आयुर्वेदिक हर्ब्स र घरेलु तयारी
​शतावरी (Shatavari)
गुण: हर्मोन सन्तुलन, ओभरी स्वास्थ्य सुधार
मात्रा: 1–2 चम्चा पाउडर, 1 कप तातो पानी वा दूधमा बिहान
सेवन: लगातार 2–3 महिनासम्म
​अश्वगंधा (Ashwagandha)
गुण: तनाव कम, हर्मोन सन्तुलन
मात्रा: 1 चम्चा पाउडर + 1 कप पानी / दूध
सेवन: बेलुका
​अशोक (Ashok Bark)
गुण: बच्चेदानीमा रगतको प्रवाह सुधार, फाइब्रॉइड र गाँठो कम
मात्रा: 1–2 चम्चा चूर्ण / decoction
सेवन: बिहान खाली पेट
​गुडुची (Guduchi)
गुण: टक्सिन कम, इम्युनिटी बढाउँछ
मात्रा: 1–2 चम्चा पाउडर + पानी
सेवन: दिनमा 2–3 पटक
हर्बल डिटक्स चिया (Herbal Detox Tea)
सामग्री:
​गुलाब पंखुडी
​तुलसी
​पुदिना, केसर
मात्रा: 1 कप, बिहान खाली पेट + बेलुका
फाइदा: बच्चेदानी सफा, सिस्ट नरम, लिभर सफा
रोज पेटल टी (गुलाबको पंखुडी चियाले)
​बच्चेदानी सफा गर्न
​सिस्ट र फाइब्रॉइड नरम बनाउन
​लिभर सफा गर्न
​UTI टक्सिन बाहिर निकाल्न मद्दत गर्छ।
हल्दी पानी
​1 चुट्की हल्दी + 1 कप तातो पानी
​बिहान खाली पेट
फाइदा:
​ओभरी सुन्निन कम गर्छ
​PCOD सुधारमा सहयोगी
​सेतो पानी, UTI कम गर्छ
डाइट योजना – के खाने र कहिले
के नखाने:
​Snacks फुड
​roasted seeds
​चिनी
​मैदा
नियमितता:
​८ बजे पछि भारी खाना नखानु।
​पानी धेरै पिउनुहोस् (८–१० गिलास/दिन)
​चिनी, मैदा, फास्ट फुड कम गर्नुहोस्.
​.घरको सादा खाना, धेरै हरियो सागसब्जी
Exercise –
शरीर र हर्मोनको लागि
​Walking / Jogging – 30 मिनेट दैनिक
​Cardio / Light Aerobics – हप्तामा 3–4 दिन
​Strength Training – मांसपेशी बनाउँछ, मेटाबोलिज्म सुधार
​Deep Breathing / Pranayama – तनाव कम
Yoga – PCOD/PCOS specific poses
​Supta Baddha Konasana (Reclining Bound Angle Pose) – ओभरी र बच्चेदानीमा रक्त प्रवाह
​Bhujangasana (Cobra Pose) – पेट, ओभरी सक्रिय
​Dhanurasana (Bow Pose) – हर्मोन सन्तुलन
Paschimottanasana (Seated Forward Bend) – तनाव कम, पेटको चर्बी घटाउँछ
सुझाव: 20–30 मिनेट दैनिक, बिहान खाली पेट राख्ने ।
घरेलु उपाय Step-by-Step
​बिहान Petal Tea + हल्दी पानी
​बिहान हल्का ब्रेकफास्ट (ओट्स / दलिया)
​बिहान 15–20 मिनेट Walk / Yoga
​हर्बल डिटक्स पाउडर (1–2 चम्चा + तातो पानी)
​बेलुका हल्का खाना (सूप, साग)
​हल्का व्यायाम / स्ट्रेच
​पर्याप्त पानी, तनाव कम।

नोट: लगातार 2–3 महिनामा हर्मोन सन्तुलन सुधार हुन्छ, पीरियड्स नियमित हुन्छ, सिस्ट नरम हुन्छ।


   
सामान्य सावधानि
ठूलो सिस्ट वा धेरै समस्या भए डाक्टरसँग सल्लाह लिनुहोस्
बच्चेदानी/ओभरीको अल्ट्रासाउन्ड समय–समयमा जाँच
नियमित डाइट र हर्बल उपाय पालना
निष्कर्ष
PCOD/PCOS प्राकृतिक उपायले सुधार सम्भव छ
आयुर्वेदिक herbs + डाइट + Exercise + Yoga = सफल उपचार
सर्जरी अन्तिम विकल्प मात्र
FAQ
Q1. Herbs कति लामो समय सेवन गर्ने?
A: 2–3 महिनासम्म निरन्तर, हप्तामा एक दिन छुट्टी लिन सकिन्छ।
Q2. कहिले सुधार देखिन्छ?
A: १–२ महिनामा हल्का सुधार, ३ महिनामा स्पष्ट सुधार।
Q3. Diet मा कुन चीज बढी उपयोगी छ?
A: हरियो साग, ओट्स, दलिया, बदाम, अखरोट।

إرسال تعليق

Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.
Next Chart with Mahendra Thakur Welcome to WhatsApp chat
Howdy! How can we help you today?
Type here...